इन्डोनेसियामा प्राकृतिक प्रकोप, ९० जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा गत शनिबारदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ९० पुगेको छ । बाढी र पहिरोमा परी ७४ जना बेपत्ता छन् भने १५९ जना घाइते भएका छन् । घाइते मध्ये ८४ जनाको अवस्था गम्भीर रहेको छ । बेपत्ताको खोजी जारी रहेको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको बताइएको छ ।

घटनाबाट प्रभावितलाई खोजी तथा उद्धार र राहत वितरण भइरहेको सरकारी अधिकारीले जनाएका छन् ।

Advertisment