रसायनिक कारखाना विस्फोट हुँदा ६४ जनाको मृत्यु

बेइजिङ । पूर्वी चीनको जिआङसु प्रान्तमा रसायनिक कारखाना विस्फोट हुँदा मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

बिहीवार जिआङसु प्रान्तको याङचेङ शहरको एक रसाययिक कारखाना विस्फोट भएको थियो । विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । अझै कैयौंं व्यक्ति बेपत्ता भएको चिनिया संचार माध्यमले जनाएका छन् । विस्फोटको ४० घण्टापछि शनिबार एक व्यक्तिलाई जिवितै उद्धार गरिएको छ । विस्फोट निकै शक्तिशाली भएको र आगलागी शुरू भएको १२ घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो । गत वर्ष नोभेम्बरमा उत्तरी चीनमा रसायन पदार्थ बोकेको एक गाडी दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी गत वर्ष नै जुलाइमा दक्षिणपश्चिमी चीनको एउटा रसायन उद्योग विस्फोट हुँदा १३ जनाको ज्यान गएको थियो । हालैको वर्षको सबैभन्दा ठूलो दुर्घटना भने सन् २०१५ को अगस्टमा भएको थियो जसमा १६० जनाको मृत्यु भएको थियो भने एक हजार जना घाइते भएका थिए ।

Advertisment