यस वर्षको एसइई परीक्षा सुरु

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आइतबारबाट सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका छन् ।

यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरुपअनुसार सुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

यस वर्ष नियमिततर्फ चार लाख ५० हजार १८६ परीक्षार्थी सहभागी भएका छन् । त्यसैगरी, देशभरि १ हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।

सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छ वटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ । संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन गरिएको छ । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

Advertisment