राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा दुवै पार्टीबीच एकको घोषणा गरिएको हो ।

एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी रहेको छ । पार्टीको अध्यक्षमा केपी पालुङवा रहेका छन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएकोले आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने घोषणा गर्नुभयो । मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिले पनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेता मेखराज परियार (खाती) ले पार्टीले पूर्ण समानुपातिक प्रतिनिधित्व, लोकतन्त्र, समानता र समाजवादको लक्ष्य लिएको बताउनु भयो । उहाँले बहुजातीय लोकतान्त्रिक समाजवादलाई मूल लक्ष्य बनाईने बताउनुभयो ।

Advertisment