भाजपा जनताको रगत र पसिनाले चलेको : माेदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको आरोप लगाउनु भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भारतीय राष्ट्रिय कांग्रेस पार्टीलाई केन्द्रीत गर्दै कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका बताउनु भएको हो । उहाँले भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको पनि बताउनु भयो ।

कांग्रेसप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताउनु भयो। कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन बिताएको स्मरण गर्नुभयो । आफ्नो पार्टीमा काम गर्नेहरूले देश र जनताको लागि काम गरेको प्रधानमन्त्री मोदीको दाबी थियो ।

Advertisment