इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई ६.१ म्याग्निच्यूडको भूकम्प गएको छ ।

इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको बताएको छ । भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रले जनाएको छ । जमीन सतहबाट निकै तल्ल भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको भूगर्भ केन्द्रले जनाएको छ । इन्डोनेसिया भूकम्पको निकै जोखिम रहेको मानिन्छ।

Advertisment