दलाई लामा उपचारपछि घर फिर्ता

तिब्बतका धार्मिक नेता दलाई लामा उपचारपछि घर फर्किएका छन्।

छातीमा समस्या आएपछि उहाँ नयाँ दिल्लीस्थित अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालबाट घरजाने क्रममा संचारकर्मीसँग कुरा गर्दै लामाले आफु पूर्णरुपमा स्वस्थ भएको बताउनु भयो ।

सन् १९८९ मा नोवेल शान्ति पुरस्कार पाएका लामा लामो समयदेखि भारतमा बस्दै आउनुभएको छ ।

Advertisment