श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप

श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच झडप हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको संचारमाध्यमले जनाको छ ।

गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा होटलमा शृङ्खलाबद्ध बम आक्रमण हुँदा कम्तिमा २५० जनाको मृत्यु भएको थियो। उक्त घटनापछि श्रीलंकाली सरकारले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएको छ । यही अभियानको क्रममा प्रहरी र सशस्त्र बिद्रोहीबीच झडप भएको हो । झडपमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाले जनाएको छ। झडपको क्रममा तीनवटा बिस्फोट भएका थियो।

Advertisment