जेट एयरवेजका व्यवस्थापकले गरे आत्महत्या

नयाँ दिल्ली । भारतीय वायु सेवा जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् । आर्थिक संकटमा परेर बन्द भएको भारतीय वायु सेवा कम्पनी जेट एयरवेजका वरिष्ठ व्यवस्थापक शैलेष कुमार सिंहले आत्महत्या गरेका हुन् । सिंहले यस वर्ष मार्चदेखि कम्पनीबाट तलब लिन पाएका थिएनन् ।

तीन वर्षदेखि पेटको क्यान्सरबाट पीडित सिंहको अवस्था बितेको चार महिनादेखि निकै खराब हुँदै गएको थियो । उपचारका क्रममा उहाँ अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँ अस्पतालबाट घर फर्किएपछि घरको चौथो तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

Advertisment