भारतमा फानीको त्रास

भारत । फानी आँँधीको क्षतिबाट बच्न भारतमा करिब ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

प्रतिघण्टा २ सय ४५ किलोमिटरको तीब्र बेगको हावासहित वर्षा भइरहेको छ। फानीको प्रभावले समुद्रमा ठूला लहरहरु देखिएका छन्। आँधी प्रभावित क्षेत्रमा १ सय ५७ वटा रेल सेवा बन्द गरिएकाे छ । आँधीको प्रकोपबाट बच्न र बचाउन सरकारले सबैलाई आह्वान गरेको छ।

फानी २० वर्षयताकै सबैभन्दा खतरनाक चक्रवात हो । मौसम विभागका अनुसार यो चक्रावत बंगाल हुँदै बंगलादेशतर्फ बढ्नेछ । यसअघि सन् १९९९ मा आएको सुपर साइक्लोबाट कम्तितमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

Advertisment