विप्लव समुहको विद्यार्थी संगठनका अध्यक्ष पक्राउ

काठमाडौं । नेकपा विप्लव समुहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको छ ।

एघार विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलन गरेको स्थानबाटै विद्यार्थी नेता ढकाललाई प्रहरीले पक्राउ गरेको हो । कार्यक्रम स्थलबाटै विद्यार्थी नेता ढकाललाई प्रहरीले पक्राउ गर्दा गलत नजिर बस्ने बताएका छन् ।

एघार विद्यार्थी संगठनहरुले शिक्षामा भइरहेको व्यापारिकरण निजीकरणको विरोध गर्दै १४ बुँदे मागहरु प्रस्तुत गरेका छन् । विद्यार्थी संगठनहरुले शिक्षामा देखिएका विकृति विसंगति हटाउन शिक्षा मन्त्रालय लगायत देशभरका सबै स्थानीय तहहरुमा अल्टिमेटमसहितको ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

Advertisment