पछाडि पारिएका समुदायको अघिकारका लागि लड्छु : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछाडि पारिएका समुदायको अघिकारका लागि लडि रहने बताउनुभएको छ ।

नेपाल खड्गी सेवा समितिको ४६औँ बार्षिकोत्सब र ११औँ नायः दिवसको कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजको ईतिहास वीरतापूर्वक भएको बताउनुभएको हो । उहाँले यस समाजलाई पहिलेका राजामहाराजाहरुले आफ्ना स्वार्थका निमित्त अवसरबाट बञ्चित गराएको बताउनुभयो ।

समाजका अध्यक्ष अन्जिता खड्गीले समाजको बर्तमान आवश्यकता आफुहरुले नेपाल भरी आफ्नो समितिको शाखा बिस्तार गरी सकेको जानकारी दिनुभयो ।

Advertisment