अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रम गरी मनाइँयाे

काठमाडाैं । अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नेपाल नर्सिङ संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्को वर्ष मुस्कानसहितको सेवा चलाउने तयारीको प्रशंसा गर्नुभयो । उहाँले अबको डेढ महिनाभित्र देशैभरका सम्पूर्ण अस्पतालमा श्रम अडिटको व्यवस्था गर्ने पनि जानकारी दिनुभयो । उहाँले न्यूनतम पारिश्रमिक नदिने अस्पताल र स्वास्थ्य संस्थालाई श्रम ऐन अन्तरगत कारवाही गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोख्रेलले विभिन्न अस्पतालमा नर्सहरुको श्रम शोषण हुने गर्दापनि राज्य मौन रहेको जिकिर गर्नुभयो । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा सरकारी तथा निजी स्तरमा गरी साढे २ सय शिक्षण संस्थाबाट वर्षको ८ हजारभन्दा धेरै जनशक्ति उत्पादन हुने गरेको छ ।

Advertisment