रामप्रवेश साह न्याय माग्न काठमाडौंमा

काठमाडौं । लापरवाहीका कारण मुटु रोगको उपचारको क्रममा छोरीको मृत्युभएको भन्दै बाबु रामप्रवेश साहले उपचारमा संलग्न चिकित्सलाई कारवाहीको माग गरेका छन् ।

सर्लाही गौरैता नगरपालिका १० सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको उपचारको क्रममा गलत रगत चढाएको कारण बैशाख २३ गते मृत्‍यु भएको थियो । काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बालिकाको बाबु साहले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको पछि यो बलम चाल्न बाध्यभएको गुनासो गर्नुभयो । शल्यक्रिया गर्नुपूर्व बिरामीको दुबै मृगौला ठिक रहेको तर शल्यक्रियापछि दुबै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि उहाँले बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेकोमा दुःखेसो पोख्नुभयो ।

छानबिनका लागि बालिकाको परिवारले १० दिनदेखि सरकारी कार्यालय धाउन थालेको भएता पनि अहिलेसम्म कुनै पनि सरकारी कार्यालयबाट सहयोग भने नपाएको पिडित परिवारको भनाई छ ।

Advertisment