नेपाल इण्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो सुरु

काडमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र भारतीय राजदूतावास तथा फ्रेन्चाइज इण्डियाको सहकार्यमा काठमाडौंमा नेपाल इण्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एण्ड कन्क्लेभ सुरु भएको छ ।

नेपाल र भारतबीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धनमार्फत् विभिन्न ब्राण्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जना गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ । दुई दिनसम्म चल्ने एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरूले आफ्नो ब्राण्डहरूको प्रदर्शन गरेका छन् । एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरुको स्टल रहेका छन् । एक्स्पोमा नेपालबाट अग्नी ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, जयकाली जडीवुटीलगायतका कम्पनीहरूको सहभागिता रहेको छ ।

त्यसैगरी भारतीय ब्राण्डहरुमा नाइन कीड्स, अमेरिकन स्कुल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्बे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहेका छन् ।

Advertisment