नरिवल खसाल्ने जात्रा मनाइयाे

ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ जात्राको क्रममा मनाइने नरिवल खसाल्ने जात्रा ललितपुरमा मनाइएको छ ।

नेपालकै सबैभन्दा लामो जात्राको रुपमा चिनिने यो जात्रामा रथको टुप्पोबाट नरिवल खसालिन्छ । खसालेको नरिवल समात्न सक्ने व्यक्तिलाई पुत्रलाभ हुने जनविश्वास रहिआएको छ । नरिवल खसाल्नुअघि मत्स्येन्द्रनाथको पूजा गरेर रथको टुप्पोबाट चारै दिशामा योमरी र ल्होंचामरी छरेर अभिषेक गरिन्छ ।

नरिवल खसालेको दोस्रो दिन महिलाले मात्र रथ तानेर लगनखेलबाट थटीटोल पु‍र्याउने चलन छ । त्यसपछि साइत हेरेर रथ कुमारीपाटी हुँदै जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो जात्रा देखाइन्छ र जात्रा समापन हुन्छ ।

Advertisment