नेकपाद्वारा २१ वटा जनसंगठनको संयोजक, सहसंयोजक सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न जनसंगठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ ।

पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसंगठनको नाम, संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गर्नुभयो ।

घोषित विवरणअनुसार अखिल नेपाल किसान महासंघको संयोजकमा वामदेव गौतम र सहसंयोजकमा चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी संगठनको संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ, युवा संघ नेपालको संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’, सहसंयोजक रमेश पौडेल छन् । अखिल नेपाल महिला संघको संयोजकमा अमृता थापा र सहसंयोजकमा सीता पौडेल, ट्रेड युनियन महासंघ नेपालको संयोजक विनोद श्रेष्ठ र सहसंयोजकमा जगत सिम्खडा, प्रेस संगठन नेपालको संयोजकमा महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेत चयन भएका छन् ।

यसैगरी नेपाल बुद्धिजिवी संगठनका संयोजक डा दिनेशचन्द्र देवकोटा, सहसंयोजकमा कृष्ण केसी, पेशागत महासंघ नेपालको संयोजकमा विश्वनाथ प्याकुरेल र सहसंयोजकमा दयाराम बस्याल, जनसांस्कृतिक महासंघ नेपालको संयोजकमा खगेन्द्र राई र सहसंयोजकमा सूर्य पौडेल (सरल सहयात्री) छन् । बाँकी रहेको एकता प्रक्रिया चाँडै टुङ्गो लगाइने महासचिव पौडेलले जानकारी दिनुभयो ।

Advertisment