महिलाले ताने रातो मस्त्येन्द्रनाथकाे रथ

ललितपुर । अन्न र सहकालका देवता रातो मस्त्येन्द्रनाथको रथयात्रा गर्ने क्रममा महिलाले रथ तानेका छन् ।

रथ तान्ने काममा पुरुष मात्रै संलग्न हुँदै आएपनि परम्परा जोगाउँदै महिलाले रथ तानेका हुन् । महिलाहरुले लगनखेलमा रथ तानेका हुन् । मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउने क्रममा लगनखेलको थट्टीटोलमा पुग्दा हराएको र एक जना महिलासँग रहेको थाहा पाएपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले नै रथलाई तान्ने परम्परा रहेको छ । त्यसैअनुरुप प्रत्येक वर्ष जावलाखेलमा मच्छिन्द्रनाथको जात्रामा त्यो भोटो कसैको हो भनी प्रमाणसहित आउनु भन्ने तत्कालीन राजाको आदेशअनुसार सबैलाई देखाउने परम्परा चलेको बताइन्छ ।

Advertisment