शिव परियारको ‘एक चुम्बन’ (भिडियाेसहित)

शिव परियारको ‘एक चुम्बन‘’ गीति एल्वम सार्वजनिक भएको छ । शिवको नै सङ्गीत, श्वेता मैनालीको शब्द र बिजेस्वरराज तण्डुकारको सङ्गीत संयोजन रहेको डान्सिङ फ्लेवरको गीत ‘एक चुम्बन’को भिडियो सार्वजनिक भएको हो ।

सुजन मार्पा तामाङले निर्देशन तथा कोरियोग्राफी गरेको गीतको भिडियोमा नायिका स्वस्तिमा खड्का र सुजन मार्पा तामाङको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाँकन रहेको भिडियोलाई विकाश ज्ञवालीले थ्रीडी एनिमेसनसहित ग्राफिक्स गरेका छन् ।

Advertisment