स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाईस्वास्थ्य समाग्री प्रदान

रसुवा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य इन्जिनियर मोहन आचार्यले व्यक्तिगत तवरमा रसुवा जिल्लामा कोरोना भाइरस (कोभिड(१९) रोकथाम, नियन्त्रण तथा उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको को छ।
जिल्लामा कोरोना नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी सुरक्षा कर्मीलाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिन सांसदले बिपद ब्यबस्थापन समितिलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनु भयो।
जिल्ला बिपद कोषमा रहने गरि जिल्ला प्रशासन कार्यालय रसुवा लाई उपलब्ध गराइएको सामग्रीमा चालीस थान पीपीई सेट, यसै गरि चस्मा चालीस थान,बुट चालीस थानरहेको छ भने चार सय थान केएन नाईन्टी फाईभ मास्क र पन्जा पन्ध्र सय थान रहेको छ ।
सांसद आचार्यले प्रदान गर्नु भएको सामग्रीहरु आवश्यकता अनुसार जिल्लाका पाँच वटै स्थानीय तहमा पठाइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।
स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले आफूहरुलाई सामग्री उपलब्ध गराउन माग गरिरहेको बताउँदै भण्डारीले यो सामग्रीले हामीलाई धेरै सहज हुने बताउनुभयो ।
यस अधि पनि सांसद आचार्यले जिल्लालाई आवश्यक स्वास्थ्य सामाग्री उपलव्ध गराउनु भएको थियो ।
सांसद आचार्यले ले जिल्लाका विपन्न परिवारलाई खाद्यान्न समेत उपलब्ध गराउदै आउनु भएको छ।

Advertisment