गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट पर्व ः प्रधानमन्त्री

गौरापर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ ः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा पार्टी र आफ्नोतर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गनुभएको छ ।

“विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन्, जस मध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ, विशेष गरी सुदूरपश्चिममा मनाईने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको छ”, सभापति देउवाले शुभकामना सन्देशमा भन्नुभएको छ । कोरोना भाइरसको महामारीका कारण देशका कयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेकाले यतिबेला जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सभापति देउवाले कोरोना महामारीका कारण उत्पन्न यस्तो प्रतिकुल समयमा यसको जोखिमलाई दृष्टिगत गर्दै सुरक्षित रुपमै घर–परिवारमा सीमित रहेर यो पर्व मनाउन सबैलाई आग्रह गर्नुभएको छ ।

Advertisment