दुबइको मीठो केक पोखराको बाँझापाटनमा

शोभाकान्त सिग्देल

पोखरा, २९ भदौ । आमावावाको काख छाडेर हिडडुल गर्ने र केहि वुझ्ने भएदेखि नै उनी पाखापखेरा, रुखविरुवा र चराचुरुङ्गी हेरेर दङ्ग पर्थे । डालिडालिमा नाच्दै गरेका चराचुरुङ्गीसंगै गीत गुनगुनाउदै हास्थे, नाच्थे र रमाउथे पनि । विद्यालयमा पाईला टेकेदेखि नै पढाइमा ध्यान दिन्थे । तर फुर्सद मिल्यो कि व्यापार व्यवसाय तिर पनि ध्यान दिन्थ्ये । नानीदेखि लागेको बानीले नै अहिले तजेवहादुर गुरुङलाइ व्यापारीको रुपमा उतारेको छ ।

दश जोड दुईको पढाइ भद्रकाली माविमा उर्तिणा गरेपछि गुरुङको छोरा लाहुरे हुने सपना त एक नम्बरमा नै प¥यो । तर समयको खेल कस्लाइ थाहा छ र । शरीरसँगै पोखरेलीको मायाले भकारीझै भरीएका तेजको जीवनमा लाहुरेको सपना पर गयो । तर तेजको अर्को सपना व्यवसायलाई राज्य हाँक्न दिए पनि हाँक्न पछाडि नपर्ने बाबा र स्वास्थ्य क्षेत्रमा अब्बल श्रीमतीको सय प्रतिशत साथ मिल्यो । सन् २०१४ देखी सन् २०१९ सम्म दुवइमा बस्ने अवधिमा फुड सर्भिसको पुर्ण ज्ञान हाँसील गरेका तेज एक वर्ष अघि नेपाल फर्के ।

नेपाल आगमन पछि उनको दिमागमा हुटहुटी चलेको व्यवसायलाइ लकडाउन अवधिभरि बेकरीको परिकार पोखरा भरी होम डेलीभरी र अनलाइन सर्भिस गर्न सफल देखीए तेज । उनै तेजले वडा नं १३ बाँझापाटन स्थित फटाफट बेकरी एण्ड क्याफे स्थापना गरे । साथै बाल्यकालदेखि सबैसँग मिलनसार भएकाले सवैसँग लोकप्रिय तेजलाइ मायालु भाषामा तेजुको उच्चारण गरिएको स्पष्टोक्ति छ उनको । तीन दशकअघि लम्जुङमा जन्मेका तेज दुइ कक्षावाट १० कक्षा सम्म भारतमा अध्ययन गरे । १४ वर्ष अघिदेखि बसाइ सराई गरी वडा नं १३ मा तेजको परिवार बस्दै आएको छ । स्नातक तह उत्र्तिण गरेका तेजले दुवइमा देखेका फुड सर्भिसको ज्ञान र आफन्तको प्रेरणाले बेकरी व्यवसाय खोल्न सफल भए । व्यवसाय गर्नमा वडा नं १३ ले सात महिना पहिला दिएको बेकरी र कुक तालिमले सवैभन्दा बढि प्रभावकारी बनायो तेजलाइ ।

उनै तेजलाइ एक वर्ष पहिला वडा अध्यक्षको कार्यालयमा अध्यक्ष दर्शन लामाले दिएको प्रेरणाले आज आफू बेकरी व्यवसाय बन्न सफल भएको तेजले सुनाए । जीवनमा दाजु तथा वडा अध्यक्ष लामाले दिएको प्रेरणा मेरो जीवनमा सदा स्मरणीय रहने तेजले भने । फटाफट बेकरी एण्ड क्याफे सोमवार अध्यक्ष लामाले उद्घाटन गरे । वडा अध्यक्ष दर्शन लामाले सो क्याफेको उद्घाटन गर्दैे समाजमा कोरानाले असर पारेपनि नयाँ व्यवसाय संचालन गर्नु आँफैमा चुनौती संगै अवसर पनि रहेको बताए । बेकरीले अनलाइन सँगै घर घरमा वितरण गर्ने सुविधा दिएकोले भविष्य अझ व्यापक रुपमा फस्टाउने अध्यक्ष लामाले चर्चा गरे । ३१ वर्षीय तेजवहादुरले विदेशमा सिकेको ज्ञान आफ्नै जन्मभूमीमा सेवा गर्ने उद्देश्यले क्याफे सुरु गरेका हुन् । दश लाख वरावरको लगानिमा क्याफे संचालन गरीएको छ । एस जे एस हट स्पाइसीको सहयोगमा बेकरी संचालन हुनाले पनि गुणात्मक परिकार हुने स्पाइसीका सदस्य ज्ञान गुरुङले बताए । बेकरीमा हरेक प्रकारका केक बनाउन अब्बल मायादेवी गुरुङले तेजको यो व्यवसायले पोखरामा राम्रो सेवा दिने विश्वास व्यक्त गरिन् । तेजको आफ्नै परिवार मोनीका गुरुङ स्वास्थ्यमा अग्रपंक्तिमा रहेपनि बेकरी व्यवसाय संचालनमा धेरै नै खुशी देखिन्छिन् । सो कार्यक्रममा एस जे एस हट स्पाइसीका सदस्य सन्देश गुरुङले कर्यक्रम संचालन गरेका थिए ।

Advertisment