युआरएल पत्रकारिता पुरस्कार पौडेललाई

दशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवमा २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने

युआरएल पत्रकारिता पुरस्कार २०७७ पत्रकार प्रदीप पौडेललाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।

अग्रज पत्रकार रवीन्द्र बास्तोला संयोजक र वरिष्ठ मुटुरोग विशेषज्ञ डा माधव तिवारी र इन्सेक गण्डकी संयोजक शिव खकुरेल सदस्य रहेको प्रतिभा छनोट समितिले पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

इमेज च्यानलका गण्डकी ब्युरो प्रमुख पौडेल रेडियो बाराहीका समाचार संयोजक पनि हुन् । २०५९ मा पत्रकारिता सुरु गरेका पौडेल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष र नेपाल प्रेस युनियन कास्की सचिव छन् ।

यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका सञ्चालक ठाकुरप्रसाद पन्तले जानकारी दिए । यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भइसकेका छन् ।

Advertisment