हिमालयन चितुवा घिमिरे के वन किक बक्सिङको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भिड्ने

काठमाडौँ, ९ मङ्सिर । विश्वको चर्चित एवम् बहुप्रतिक्षित ‘के वन किक बक्सिङ अन्तराष्ट्रिय प्रतियोगिता २०२०’ मा नेपाली युवा खेलाडी अविरल घिमिरेले भिड्ने भएका छन् । नेपालको तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ हुनुभएको जनाइएको छ ।

उहाँ हिमालयनचितुवा नामले बक्सिङ खेलमा विश्वचर्चित हुनुहुन्छ । यही मङ्सिर २८ गते ( १३ डिसेम्बर २०२०) जापानको टोकियो शहरमा आयोजना सो अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुँदै छ । युवा समाजसेवी एवम् व्यवसायि रामनारायण घिमिरेले राससलाई दिनुभएको जानकारी अनुसार २१ वर्षीय बक्सर अविरलले बाज्रिलियन खेलाडी फिलिपसँग सो प्रतियोगितामा भिड्ने छन् ।

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रशिक्षक देवनारायण घिमिरेका सुपुत्र उहाँ अहिले आफ्ना बुबाकै विशेष प्रतिक्षणमा रहनुभएका छ । चन्द्रागिरि नगरपालिका –१२ गुर्जुधारा निवासी उहाँहरु विगत पाँचवर्षदेखि जापानको नागोया शहरमा बस्दै आउनुभएको छ ।

खेलाडी अविरल कम उमेरमा अन्तरराष्ट्रिय किक बक्सिङ प्रतियोगामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्य समेत पाउनुभएको छ । ‘के वन किक बक्सिङ प्रतियोगिता’लाई जापान सहित अन्तरराष्ट्रिय खेल क्षेत्रले उच्च महत्वका साथ हेर्ने जनाइएको छ । सो प्रतियोगितामा विगतमा नेपालको प्रतिनिधित्व गर्दै मार्शल आर्टका समेत खेलाडी देवनारायणले सन् २००४ मा भाग लिने सौभाग्य पाउनुभएको थियो । उहाँ अन्तरराष्ट्रिय स्तरका के वन बक्सर खेलाडी तथा प्रशिक्षक समेत हुनुहुन्छ ।

सो प्रतियोगिताको भिडन्त हेर्न हजाराँै खेलप्रेमि दर्शकको रङ्गशालामा सहभागिता हुने बताइएको छ । समाजसेवी रामनारायणले अविरलले हालसम्म ४७ व्यवसायिक किक बक्सिङमा भिडन्त गरिसकेको र ती मध्ये नौ अन्तराष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भई विश्व कीर्तिमान कायम गर्न सफल भएका समाजसेवी रामनारायणले जानकारी दिनुभयो । अविरलले नियमित रुपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आउनुभएको उहाँले बताउनुभयो । “अविरलसँग अद्भुत, अदम्य साहस, जोश र लगनशीलता छ । नेपालको लागि के वन किक बक्सिङ अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन छनौट हुनु नै ठूलो उपलब्धि हो । अविरलले उपाधि चुम्नेमा म विश्वस्त छु । यसका लागि अविरललाई नेपाल सरकार, खेलप्रेमि नेपाली जनताले थप उत्साह, हौसला तथा प्रोत्साहन भरिदिन म आग्रह गर्दछु ।” सामाजीक सञ्जालमा देवनारायणले पोष्ट गर्दै भन्नुभएको छ । यसैगरी गैरआवासीय नेपाली सङघका जापानका उपाध्यक्ष दीपक कार्कीले अविरल जापानमा रहे पनि नेपालको प्रतिनिधित्व गर्दै के वन किक बक्सिङ अन्तराष्ट्रिय प्रतियोगितामा छनौट हुनु नेपालका लागि प्रतिष्ठा र गर्वको कुरा रहेको जनाउनुभएको छ ।

बक्सर अविरलले जापानी खेलाडी रादालाई पराजित गर्दै गत वर्ष टोकियोमा नै सम्पन्न ‘होस्ट कप एस’को उपाधि चुम्नुभएको थियो । रादा जापानका चर्चित व्यवसायिक किक बक्सर हुन् । तीन राउण्डको तीन चरणको खेलमा अङ्क बराबरी हुँदा पुनः दुई मिनेटको थप समयमा अविरलले प्रतिस्पर्धीलाई नकाउट गर्दै उपाधि हात पारेका थिए । यसैगरी उहाँले गतवर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल हुनुभएको थियो । रोमाञ्जकारी सो भिडन्तमा उहाँले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर बन्नुभएको थियो । सामाजिक सञ्चालमा बक्सर अविरलले भन्नुभएको छ “ पुनः एक पटक बक्सिङ खेल मार्फत नेपाललाई विश्वसित थप परिचित गराउन चाहन्छु । यसका लागि मलाई थप ऊर्जा र हौसला भरिदिनुहोस् । म के वन किक बक्सिङ प्रतियोगिताको ताज पहिरिन नजिक पुग्दैछु । ”

Advertisment