गुल्मीमा जीप दुर्घटना हुँदा ६ को मृत्यु

गुल्मी, १२ मङ्सिर । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी पाँचजनाको घटनास्थलामा र एकजनाको अस्पताल लाँदै गर्दा मृत्यु भएको छ । तम्घास सदरमुकाम जाँदै गरेको लु१ज ११६६ नंको जीप इस्मा गाउँपालिकाको वडा नम्वर ४ मा दुर्घटनामा पर्दा पाँचको घटनास्थलमै र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा बाटामा मृत्यु भएको थियो ।

उक्त जीप दुर्घटनामा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ ८० वर्षीया सुन्दरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो । घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपु¥याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा उत्तम पाच्यले जानकारी दिनुभयो । घाईते हुनेमा उक्त गाउविकासका सरस्वती दर्लामी र कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । सो जीपमा दश यात्रु रहेको बताइएको छ । ब्रेकफेल भएर दुर्घटना भएको जनाइएको छ ।

Advertisment