पोखरा पर्यटन परिषद्मा गोपी भट्टराई निर्वाचित

पोखरा, १३ मङ्सिर । पर्यटकीय नगरी पोखराम क्रियाशील एक दर्जन पर्यटन व्यवसायसँग सम्बद्ध पोखरा पर्यटन परिषदको अध्यक्षमा सक्रिय एवं उत्साही युवा पर्यटन व्यवसायी गोपी भट्टराई निर्वाचीत हुनुभएको छ । उहाँ होटल व्यवसाय लगायत पोखराका विभिन्न सामाजिक संस्था र पर्यटनसँग सम्बन्धीत इभेन्ट र कार्यक्रमा आयोजनामा सक्रिय हुनुुहुन्छ ।

पोखरेली पर्यटनकर्मीको सो छाता संगठनको शुक्रबार भएको ११ औ अधिवेशनबाट भट्टराई सर्वसम्मत निर्वाचित हुनुभएको हो । उक्त अधिवेशनबाट उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी, कोषाध्यक्षमा कृष्ण काफ्ले र सदस्यमा क्रमशः लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल निर्वाचित हुनुभएको छ भने दुई सदस्य कार्यसमितिले चयन गनेछ ।

Advertisment