नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

काठमाडौं, १५ मंसिर । नेपाल उद्योग वाणिज्य महासङ्घको शनिवार सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्धन्दी किशोर प्रधानलाई हराउँदै ढकाली विजयी हुनुभएको हा । मतपरिणाम आज विहान आएको हो । महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वत अध्यक्ष हुने विधानको व्यवस्था छ ।
वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभयो । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ ।
विजयी ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो ।

Advertisment