राष्ट्रपति र चीनका रक्षामन्त्री बीच शीष्टाचार भेटवार्ता ः विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड

काठमाडौँ, १४ मङसिर । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हबीच राष्ट्रपति कार्यालय शीतल निवासमा आज शीष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गर्नुभएको छ ।

राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।

Advertisment