प्रम पत्नी र मन्त्री खोकनामा ः खोकनाको रुद्राययणी मन्दिरको तत्काल पुननिर्माण जरुरी

ललितपुर, १५ मङ्सिर । प्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एतिहासिक नगरी खोकनाको रुद्रायणी मन्दीरको अवलोकन गर्नुभएको छ । बिसं २०७२ सालको शक्तिसाली भुकम्पले क्षतिग्रस्त सो मन्दीरको अवस्थाबारे जानकारी लिन र खोकनाको महत्वपुर्ण चाड पुर्णिमा नाच अवलोकन गर्न प्रम पत्नी शाक्य र मन्त्री श्रेष्ठ खोकना पुग्नुभएको हो । सो अवसरमा प्रम पत्नी शाक्यले रुद्रायणी मन्दीर पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो–मन्दीरको अवस्था हेर्दा राम्रो देखिएको छ तर भुकम्पले गर्दा भित्रभित्रै भत्किन थालेको बताउनभुयो । मन्त्री श्रेष्ठले पुरातात्विक र एतिहासिक कला संस्कृतिको नगरी खोकनाको मुख्य मन्दीरको तत्काल जिर्णोद्धार गर्न जरुरी रहेको बताउनुभयो ।

‘रुद्रायणी मन्दीर र खोकनाको अवस्थाबारे प्रधानन्त्री ज्युले गम्भीर चासो राखेपछि उहाको धर्मपत्नी र म यस ऐतिहासिक नगर अवलोकन गर्न आएका हौ–मन्दीर परिसर र खोकनाको पुर्णिमा नाच अवलोकन गरेपछि मन्त्री श्रेष्ठले भन्नुभयो । उहाले भुकम्पले क्षतिग्रस्त मन्दीर रअन्य सम्पदा पुननिर्माण गर्ने विषयमा सरकारले तत्काल पहल गर्ने बताउनुभयो ।अवलोकन गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवाली, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्च अधिकारीको उपस्थिति रहेको थियो । अवलोकन पछि पुरातत्व विभागका महानिर्देशक गौतमले भुकम्पले क्षतिग्रस्त रुद्रायणीको पुनःनिर्माण गर्ने बताउनुभयो । उहाले सातौ सताब्दी देखिको इतिहास बोकेको खोकनाको गुरुयोजना बनाएर सम्पदा संरक्षण गर्नुपर्ने धारणा राख्नुभयो ।
यो शहरको तेल मिललाई बचाउनुपर्छ, इतिहास चिनाउने निजी र सार्वजनिक भवनलाई परम्परागत सामाग्री प्रयोगगरी निर्माण गरेर संरक्षण गर्नुपर्छ । उहाले सिमेन्ट प्रयोग गरेर भवन निर्माण गर्दा सम्पदा क्षेत्रसंरक्ष्ण हुन नसक्ने बताउनुभयो । लगत्तै मन्त्री श्रेष्ठले खोकनाको सम्पदा विकासको लागि सरकारले सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो । भन्नुभयो–सतप्रतिशत आदिवासी बस्दै आएका यो क्षेत्रको सांस्कृतिक र पुरातात्विक क्षेत्रलाई विकास गर्न सरकार सम्पुर्ण रुपमा तयार रहेको उहाको भनाई थियो । प्रमपत्नी शाक्य र मन्त्री श्रेष्ठले देवता खलकको नाच अवलोकन गर्नुभएको थियो ।

Advertisment