काँग्रेसको देशव्यापी प्रदर्शन ः सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट र पार्टीलाई नवीन उर्जा प्राप्त भएको विश्लेषण

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसले आज देशव्यापी रुपमा गरेको प्रदर्शनले सर्वसत्तावाद विरुद्ध जनमत प्रकट गरेको र यसबाट पार्टीलाई नवीन उर्जा प्रदान गरेको विश्लेषण गरेको छ । यसले “ सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट, पार्टीलाई नवीन उर्जा र देशव्यापी प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई”, पार्टी सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गरी भन्नुभएको छ ।

सभापति देउवाले मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको भन्दै एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ भन्नुभएको छ ।

उहाँले आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको भन्नुभएको छ । “यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।

प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्र्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पु¥याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु”, सभापति देउवाद्धारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विरुद्ध भएको दुव्र्यवहार, भ्रष्टाचार, कोभिड रोकथामका सरकार असफल लगायतका आरोप लगाउँदै आज देशव्यापी प्रदर्शन गरेको थियो ।

Advertisment