२२ औं पोखरा सडक महोत्सव पौष १५, देखी १७ गते

२२ औं पोखरा सडक महोत्सव पौष १५ शुरु हुने भएको छ ।  महोत्सव पौष १७ गते सम्म हुने  २२ औं पोखरा सडक महोत्सव समिति द्धारा आज जारी प्रेस विज्ञप्तीमा जनाइएको  छ।

विगत २१ वर्ष देखि निरन्तर रुपमा संचानल हुदै आईरहेको पोखरा सडक महोत्सवको २२ औं संस्करण आयोजना गर्ने कि नगर्ने भन्ने विषयमा आफुहरु धेरै पक्षहरुसंग छलफल गरेको   र  यो महोत्सव पहिलाको जस्तो ५ दिन नगरिकन, स्वास्थ प्रोटोकल लाई विशेष ध्यान दिएर आगामी पौष १५, १६ र १७ गते महोत्सव गर्ने निर्णयमा पुगि महोत्सवको  तयारीमा आफुहरु लागेको सडक महोत्सवका संयोजक वसन्त गौतमले  विज्ञप्तीमा खुलाउनु भएको छ।

पोखरा सुरक्षित र खुला छ भन्ने सकारात्मक सुचना प्रवाह गरी पर्यटन प्रवद्र्धनका साथ साथै पोखरालाई ‘‘अंगेजी नया“ वर्षको गन्तब्य स्थल’’ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले २२ औं पोखरा सडक महोत्सव आयोजना गर्न गैरहेको र महोत्वसमा  मौलिक संस्कृति झल्कने विभिन्न जातजातीका भेषभुषा सहित साँस्कृतिक कार्यक्रमहरु सडकमा प्रस्तुत गरिने विज्ञप्तीमा जनाइएको  छ।

विज्ञप्तिमा भनिएको छ -“विश्वमा कोरोना भाईरसले आक्रान्त वनाई रहेको यस विषम परिस्थितीमा नेपाल समेत अछुतो नरहेको व्यहोरा सर्वविदितै छ। लामो लकडाउन र अन्योलताका कारण विश्व अर्थतन्त्रनै धरासायी हुनु लागेको यो स्थितीमा पर्यटन क्षेत्रलाई अझ वढि तहस नहस पारेको छ । गत ९ महिना वाट पर्यटन सम्वन्धि कुनै पनि गतिविधी भएका छैनन । कतिपय व्यावासायीहरु विस्तापित भैसकेका छन भने कतिपय विस्तापित हुने क्रममा हुनुहुन्छ । हाल महामारीको रुपमा फैलिएको कोभिड १९ भाइरसको प्रभाव यथावत रहेको र भ्याक्सिन आउने तयारी रहेता पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भाइरस प्रति सचेत भै पर्यटनलाई चलायमान वनाएर व्यवसाय खुला गरी
अगाडी वढनुको विकल्प छैन ।”

“वास्तवमा यस पटकको सडक महोत्सवको आयोजनाको मुख्य उदेश्य तडक भडक र ठुलो तामझाम अनि भिडभाड नगरिकन, विगतका महत्सोवहरुलाई निरन्तरता दिई पोखरा खुल्लै छ र पर्यटन व्यावासायीहरु पर्यटकहरुलाई स्वागत गर्न तयार हुनुहुन्छ भन्ने सन्देश दिने नै हो । यस महोत्सवको आयोजना वाट सुस्ताएको पर्यटन क्षेत्र केही हदसम्म भएपनि गतिशिलता प्राप्त गर्ने र यसले सम्पूर्ण पर्यटन व्यवसायीहरुका नँया उमङ्ग र उत्साह थप्नुको साथै स्थानिय जनतामाझ कोरोनाले थकाएको तथा त्रसित वनाएको मानसिकतामा पुनर्ताजकीय ल्याउन महत्वयूर्ण भमिका निर्वाह गर्ने छ भन्ने हामिले विश्वास लिएका छौं।” – विज्ञप्तिमा लेखिएको छ

महोत्सव सम्पन्न गर्न संस्थाका कार्य समिती सदस्य श्री वसन्त गौतमको संयोजकत्वमा , सचिव श्री भिष्म राज पौडेल र सहकोषाध्यक्ष श्री रोशन जंग कार्की सहसंयोजक रहने गरि विभिन्न उपसमितीहरु गठन भएको छ

Advertisment