नौ महिनापछि काठमाडौँ नयाँ दिल्ली उडान शुरु

काठमाडौँ, २ पुस । कोरोना महामारीका कारण रोकिएको नेपाल भारत हवाई उडान नौ महिनापछि आजदेखि पुनः शुरु भएको छ । नेपाल एयरलाइन्सको न्यारोबडी ए३२० जहाज बिहान ११ ः २० बजे काठमाडौँबाट १४१ यात्रु लिएर नयाँ दिल्ली उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । उक्त जहाज आजै काठमाडौँ फर्कने जनाइएको छ ।

Advertisment