माघ पहिलो साताबाट स्नातक र स्नातकोत्तरको परीक्षा

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा संचालन गर्ने भएको छ ।

चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा संचालन गर्न लागेको हो । माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो बर्षको तथा दोस्रो साताबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा संचालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।

भौतिक उपस्थितीमा संचालन गरिने परीक्षाका लागि १ लाख ५० हजार परिक्षार्थी छन् । प्रत्येक सेमेष्टर वा वार्षिक परीक्षा सम्पन्न भएको ४ महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रक जोशीले बताए ।

Advertisment