“ नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो, सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ”, नेकपा नेता भीम रावल

काठमाडौँ, ४ पुस । नेकपाका नेता भीम रावलले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तालाई कुराकानी हुनु राम्रो हो भन्ने टिप्पणी गर्नुभएको छ ।


“ नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो, सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ”, नेता रावलले दुई अध्यक्षबीचको भेटवार्तापछि टवीट गर्दै टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “ बिहान प्रम केपी ओलीजी प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ, वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ । हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि ? ”

Advertisment