सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय

काठमाडौँ, ५ पुस ।सरकारको पछिल्लो कदमको विरोध गर्ने तीन दलको निर्णय नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेका छन् ।

सिंहदरबारमा आज बसेको संयुुक्त बैठकले सरकारको पछिल्लो कदमको विरोध गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठकमार्फत प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशका लागि निर्वाचनमा जाने सिफारिस राष्ट्रपति समक्ष गर्नुभएको थियो ।

बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसद् विघटन गर्ने सरकारको निर्णयको संयुक्त विरोध गर्ने सहमति भएको हो ।

बैठकमा नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ र जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।

यस्तै कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु बालकृष्ण खाण, डा मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुनुहुन्थ्यो । यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी हुनुहुन्थ्यो ।

Advertisment