एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्दैन :अध्यक्ष प्रचण्ड

काठमाडौं, ६ पुस। । नेकपाका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले आफ्नो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन भन्नुभएको छ ।

उहाँले आज एक विज्ञप्ति जारी गरी नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र सहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो भन्नुभएको छ ।

उहाँले एकजनाको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट गर्नुभएको छ । विज्ञप्ति यसप्रकार छ ः

Advertisment