काँग्रेस सभापति देउवाद्धारा तमु ल्होसार÷उधौंली पर्व÷योमरी पुन्हि (ज्यापु दिवस)÷धान्य पूर्णिमाको शुभकामना

काठमाडौँ, १५ पुस । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार”, किराँतहरुको उधौंली पर्व, ज्यापु समुदायको महत्वपूर्ण चाड योमरी पुन्हि (ज्यापु दिवस) र धान्य पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न हाम्रो सुन्दर मुलुक नेपालमा रहेका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जात–जातिको आ–आफ्ना विशिष्ट सस्कति र परम्परा रहेका छन् भन्दै सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नै विशिष्ट पहिचान पनि रहेको सन्दर्भमा यी पर्वहरुले नेपाली समाजमा सद्भावना बढाउदै आएको छ भन्नुभएको छ ।

उहाँले आज एक शुभकामना सन्देश जारी गरी यी पर्वहरुले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास सहित सबैभा शुभकामना व्यक्त गर्नुभएकोछ ।

Advertisment