आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासले छात्राहरुको पढाई सहज

तनहुँ, २ माघ । तनहुँको सदरमुकाम दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सञ्चालित छात्राबासमा बसेर अध्ययन गर्ने मौका पाएपछि छात्राहरुको पढाई सहज भएको छ । यस्तो सहजताको महसुस गरेको बताउँछिन् लमजुङको मध्यनेपाल नगरपालिकाको दुइपिप्लेकी छात्रा सिर्जना घिमिरे । उनको अध्ययनमा लाग्ने खर्च मासिक सात हजार भन्दा बढी बचत भएपछि सिर्जनाको परिवारलाई आर्थिक भार कम पर्न गएको छ ।


छात्रावासका २६ छात्राहरु सस्तो मूल्यमा खाना र सहज तरिकाले अध्ययन गर्न पाएका छन् । बिबिएस प्रथम वर्षमा अध्ययररत सिर्जनाले छात्रावासमा शान्त वातावरणमा नजिक भएकोले अध्ययन गर्न सहज र सस्तो मूल्य भएको र परिवारलाई लगानी कम गर्न परेको बताईन । ‘‘बाहिर कोठा लिएर बसेको भए मासिक १० हजार भन्दा बढी खर्च हुन्थ्यो अहिले तीन हजार पाँच सय पनि खर्च हुँदैन’’, सिर्जनाको भनाइ छ । भानु नगरपालिका–४ चुँदीकी सुस्मिता तिमिल्सिनालाई ११ कक्षामा छात्रावासले सजिलै जस्तो विज्ञान अवसर दिएको छ । ‘‘विज्ञान विषय पढ्न गाह्रो भएपनि छात्रावासले खर्च र बसाई सोचेभन्दा सस्तो बनाएको छ’’, सुस्मिताको भनाइ छ । उनकै सहपाठी चाम्बासकी सुमिना कँडेल छात्रावास बसाईले विज्ञान पढ्न सजिलो भएको र छात्रावास नपाएको भएक गाउँमै शिक्षा वा व्यवस्थापन सङ्कायमा पढ्नु पर्ने अवस्था आउँने बताउँछिन् । व्यास नगरपालिका–८ बाहुनपोखराकी प्रतिक्षा गुरुङ र भानु नगरपालिका–१ खहरेकी सङ्गिता रानामगरलाई छात्रावासले विज्ञानको ज्ञान दिने अवसर जुराएको छ ।

छात्रावासमा बस्न पाउँदा घरमै बसेर अध्ययन गरेको जस्तो अनुभूति भएको सङ्गिताको बुझाई छ । सहिद चन्द नेपाली छात्रावास छात्रावासमा वसेर आदिकवि भानुभक्त क्याम्पसमा पढ्ने छात्रा र अभिभावकको आर्थिक भार कम परेको छ । एक छाकको २४ रुपियाँमै दाल,भात र तरकारी खान पाउने छात्रावास प्रमुख तथा सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले जानकारी दिइन । विहान र बेलुका खाना र चिया दिउँसो खाजा समेत गरेर दैनिक ८४ रुपियाँ खर्च पर्छ । संस्कारयुक्त बनाउन साताको एक दिन एक छात्रालाई खाना पकाउने पालो पर्ने र आपूmले प्रयोग गरेको भाँडाकुँडा आपैmले माभ्mने व्यवस्था मिलाईएको छ । समुहमा खाना, खाजा बनाउँदा समय, उर्जाको वचत तथा छात्रावास परिशरबाट केही तरकारीहरु उत्पादन भएकोले सस्तो परेको हो ।

गण्डकी प्रदेश सरकारले छात्रावासमा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रमको लागि ५ लाख रुपियाँ दिएको छ । छात्रावास बनाउन जुटनुभएका प्रदेश सभा सदस्य डोबाटे विश्वकर्माको पहल कदमी बाट उक्त वजेट परेको हो । देवघाट गाउँपालिकाले हालै दुई लाख रुपियाँ खर्च गरेर छात्रावासको लागि इनार खनिदिएको छ । बन्दीपुरमा २०४६ सालमा प्रजातन्त्र पुर्नस्थापनाको लागि भएको आन्दोलनमा सहिद हुनु भएका चन्द्रबहादुर नेपालीको सम्झनामा छात्रावास स्थापना गरिएको हो । छात्रावास २ वर्ष अघि देखि सञ्चालनमा आएको छ । छात्रावासको लागि आवश्यक जग्गा सोही ठाउँस्थित निर्मल माध्यामिक विद्यालयले दिएको छ । छात्रावास क्याम्पस परिशरमा रहेको छ । छात्रावास ३० जना क्षमताको रहेको छ । सहिद एवं वेपत्ता परिवार, जेहेन्दार, सिमान्तकृत, भुकम्प पीडित, अपाङ, दलित, जनजाति र आर्थिक रुपमा बिपन्न छात्राहरुलाई प्राथमिकता दिएर छात्रावासमा राख्ने गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खले महेशले जानकारी दिनुभयो । छात्रावास बस्नेले मासिक एक हजार मात्रै शुल्क बुझाउनु पर्छ । उक्त रकम पानी, विजुलीको शुल्क, सरसफाई तथा एक जना कर्मचारीको लागि खर्च गरिदैं आएको छात्रावासले जनाएको छ ।

Advertisment