नागरिक एपको सार्वजनिक – “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा”

काठमाडाँै, ३ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने नेपाल सरकारको लक्ष्य सफल बनाउन नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा शुक्रबारबाट बेटा भर्सन ( द्यभतब ख्भचकष्यल ) शुभारम्भ गर्नुभएको छ । सो अवसरमा उहाँले नेपालका हरेक नागरिकलाई प्रविधिमार्फत् सरकारी सेवाहरु सर्वसुलभ ढंगले मोबाइलबाटै प्राप्त गर्न सकिने नागरिक एप अधिकतम प्रयोग गरी लाभ लिन आव्हान गर्नुभयो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवाहरुलाई डिजिटलाइज गरी एकिकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने लक्ष्य वमोजिम सरकारी सेवाहरु प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नागरिकले नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने छ । यस एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ । साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने छ ।

“लाईन होइन् अनलाईनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप” भन्ने नाराका साथ सुरु गरिएको एपमार्फत् हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ । यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक विदाको दिन पनि सेवा लिन सकिनेछ । नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि ब्लमचयष्म मोबाइल प्रयोगकर्ताले एबिथ क्तयचभ र ष्एजयलभ प्रयोगकर्ताले ब्उउ क्तयचभ बाट ल्बनबचष्प ब्उउ (द्यभतब) डाउनलोड गर्नुपर्ने छ । हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ ।

डिजिटल नेपाल फ्रेमवर्कले परिकल्पना गरेबमोजिम सरकारले नागरिकलाई प्रदान गर्ने सेवाहरु एकीकृत तथा अन्तरआवद्ध गरी सहज र प्रविधिमैंत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारी कामकारवाहीको अनुगमन, गुनासो सुनुवाइ तथा सम्बोधन हुने व्यवस्था मिलाइने उद्देश्य अनुरुप एउटा कार्यको रुपमा नागरिक एप सार्वजनिक गरिएको हो ।  एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप गर्दै लगिने छ । हाललाई परीक्षणको रूपमा अघि बढाईएको नागरिक एपवाट प्रवाह गरिने सरकारी सेवाहरु पारदर्शी, भरपर्दो र सुरक्षित हुनेछ । यो नागरिक एप प्रयोग गर्ने कार्यविधि सार्वजनिक गरिनेछ ।

Advertisment