यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी घुस सहित अख्तियार द्धारा पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी घुस सहित अख्तियारद्धारा पक्राउमा परेका छन्  |

पक्राउ पर्नेमा  कार्यालय सहयोगी भोगेन्द्र कापर र जनकपुर उपमहानगरपालिका-१० बस्ने बिचौलिया रामकिशोर भगत रहेका छन्  |

उनिहरुले  जनकपुरधाममा भैरहेको “स्काभेटर र लोडर” को सवारी चालक अनुमती पत्र  वितरण गर्ने क्रममा सञ्चालित अन्तिम परिक्षाका परिक्षार्थीबाट अतिरिक्त रकम उठाइएको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले  कोठामा खानतलासी गर्दा रु २,२३,८५०।- फेला पारेका थिए ।

परीक्षार्थीहरुको पैसा बुझाउन ल्याएको भनिएका जिल्ला धनुषा, जनकपुर उपमहानगरपालिका, वडा नं. १० बस्ने बिचौलिया राज किशोर भगतको साथबाट समेत परीक्षार्थीहरुको नाम र दर्ता नं. भएको कागजात सहित रु ५०,०००।– गरी निजहरु भोगेन्द्र कापर र राज किशोर भगतबाट जम्मा रु २,७३,८५०।– (दुई लाख त्रीहत्तर हजार आठ सय पचास रुपैयाँ) बरामद भएकोले निजहरु दुबैलाई उक्त रकमसहित मिति २०७७।१०।१३ गते यातायात व्यवस्था कार्यालय, जनकपुरधामको कार्यालय परिसरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताउनु भयो ।

Advertisment