प्रधानमन्त्री—नेकपा कञ्चनपुर नेता भेट

काठमाडौँ, ३० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काकञ्चनपुर जिल्लाका केन्द्रीय सदस्यहरुले उक्त जिल्लाबाट भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गरिनुपर्ने माग गर्नुभएको छ ।
्रधानमन्त्रीएवं पार्टी अध्यक्ष केपीशर्मा ओलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमाभएको भेटवार्तामा नेताहरूले यस्तो माग राख्नुभएको हो । उहाँहरुले कञ्चनपुर क्षेत्रमा भारतसँगको सीमा स्ट्रीप म्यापका आधारमा तय गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेको उल्लेखगर्दै यसलाई सच्याइनुपर्ने मागसमेतगर्नुभयो ।
नेताहरूले कञ्चनपुरमा प्रस्तावितऔद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भएपनिवातावरण प्रभावमूल्यांकनप्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्यगरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्कालथाल्नुपर्ने मागसमेत राख्नुभएको थियो ।
यसैगरी उहाँहरुले प्रधानमन्त्रीसँग पुनर्वास नगरलाई स्मार्ट सिटीको रुपमाविकास गर्ने र शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममाविस्थापितदुई हजार ७६ परिवारको पुनस्र्थापनागरिनुपर्ने विषयमा समेत छलफल गर्नुभएको थियो ।
भेटमा नेकपाका केन्द्रीय सदस्यएवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्टतथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामीलगायतका नेताहरू सहभागीहुनुहुन्थ्यो ।

Advertisment