खानेपानी र एनआइसिबीच मैत्रीपूर्ण फुटसल

पोखरा। नेपाल खानेपानी संस्थान र एनआइसि एसिया बैंकमा कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । शनिबार पोखरामा भएको मैत्रीपूर्ण खेलमा एनआईसि एसिया टोली ५ गोलसहित बिजयी बनेका थिए ।

नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको अगुवाईमा भएको मैत्री पूर्ण फुटसल प्रतियोगितामा खानेपानी संस्थानका बिक्रम बरुवालले नेतृत्व गरेका थिए । खेलमा एनआइसि एसिया न्युरोड शाखाबाट नरबहादुर गुरुङले प्रतियोगिताको नेतृत्व गरेका थिए ।

बरुवालको नेतृत्वमा दिलिप खाँड ठकुरी, केदार धमला, भोजराज चापागार्इँ, विकास श्रेष्ठ र भोजराज ज्ञवाली टिममा थिए भने एनआईसिका गुरुङको नेतृत्वमा सगुन पौडेल, मिलन क्षेत्री, अमुश राई, नरेश श्रेष्ठ, सुशील कुवँर, शिवहरि तिम्सिना र सचिन सुवेदीले भाग लिएका थिए । खेलमा टोली प्रमुख नरबहादुर गुरुङ र खेलाडी आमुश राईले १÷१ गोल गरेका थिए ।

५÷५ जना खेलाडीबीच भएको टुर्नामेन्टमा एनआईसि एसियाका खेलाडी सगुन पौडेलले २ गोल हानेका थिए । एनआइसिकै खेलाडी मिलन क्षेत्रीले पहिलो २० मिनेटमै १ गोल हानेर खाता खोलेका थिए । मनोरञ्जनात्मक टुर्नामेन्टमा खानेपानीका दिलिप खाँड ठकुरीले हानेको बल गोलपोस्टमा ३ पटक ठोक्किँदा कर्मचारी निरुत्साहित बनेका थिए ।

Advertisment