तमु धिंकोे सल्लाहकार चयन, बिद्युतिय शबदाहगृह निर्माण सुचारु गर्न माग

पोखरा, तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालले शुक्रवार मासिक बैठकले विविध महत्वपुर्ण निर्णयहरु गरेकोछ।

तमु धिं नेपालको नयाँ संरक्षक सदस्यता ग्रहण गर्नुभएका वरिष्ठ लोकगायक खिमकुमार गुरुङलाई स्वागत, क्षेत्रीय तमु समाजका नवनिर्वाचित कार्यसमिति, आमा समितिहरु तनहु तमु समाज, मिरुवा तमु समाज, नादा तमु समाज, बरालडाडा तमु समाज, दिप तमु समाज लगायतलाई बधाई तथा स्वागत गर्दै प्रारम्भ भएको बैठकले सल्लाहकारहरु समेत चयन गरेकोछ।

सल्लाहकार संयोजकमा निवर्तमान अध्यक्ष कर्म तमु, सदस्यहरुमा गिरीप्रसाद गुरुङ, रुद्रकुमारी गुरुङ, मे.लक्ष्मीप्रसाद गुरुङ, मे.डिलबहादुर गुरुङ, जितबहादुर गुरुङ, बौद्ध अर्घौ सदन अध्यक्ष क्या.भुवनसिं गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रिय समिति अध्यक्ष हितकाजी गुरुङ मनोनयन गरिएको छ।

यसरी नै तमु धिं परिसरमा निर्माण हुने भवन एवम प्रवेशद्धार निर्माण समितिको संयोजक गोपाल गुरुङ, सदस्यहरुमा जिवन गुरुङ, गमबहादुर गुरुङ, बालकुमारी गुरुङ, मेनकाजी गुरुङ, सुरेन्द्र गुरुङ, क्या.डम्बरबहादुर गुरुङ र क्या.सम्शेर गुरुङ रहनुभएको छ भने अनुगमन समितिमा अध्यक्ष हुमबहादुर गुरुङ, निवर्तमान अध्यक्ष कर्म तमु, आदरणीय अतिथि दिलबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गीमाया गुरुङ, द्धितिय उपाध्यक्ष नारायण गुरुङ र महासचिव जुनाकुमारी गुरुङ रहने निर्णय गरिएकोछ।

यसरी नै तमु धिं नेपालको वार्षिक मुखपत्र तमु सुँ प्रकाशनका लागि सचिव जुमबहादुर गुरुङ संयोजक र सदस्यहरुमा सुरेन्द्र गुरुङ, कृष्णकुमार गुरुङ, श्रीजंग गुरुङ, शान्ति गुरुङ, बिना गुरुङ र शशीकुमार रहेको प्रकाशन समिति गठन गर्ने निर्णय गरिएको छ।

यसरी नै बैठकले ङ्योए तमु धिं र तमु धिं नेपालको कार्यगतका लागि स्वागत गर्दै एकतालाई अभियान तिब्रता बनाउने निर्णय गरेको छ भने आउदो चैत्र महिनाको अन्तिम मंगलवार बिगतमा जस्तै भव्यताका साथ ट्होटें मनाउने समेत गरेको छ।

बैठकले पोखरा १० रामघाटमा निर्माण प्रारम्भ भई हाल स्थगित भएको बिद्युतिय शबदाह गृह निर्माण गर्न संघीय, प्रदेश र स्थानिय सरकारलाई माग गर्दै पोखराको निम्ती अतिआवश्यक, वातावरणमैत्री बिद्युतिय शबदाहगृह निर्माणमा अवरोध नगर्न आग्रह गर्ने निर्णय गरेको छ।पोखराको विकासका लागि सबै एक हुन समेत तमु धिं नेपाल र क्षेत्रीय समाजहरुले आव्हान गर्ने निर्णय गरेको अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिनुभयो।

Advertisment