जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जाको अध्यक्षमा श्रेष्ठ

स्याङ्जा, जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेड स्याङ्जाको आठौ वार्षिक साधारणसभाबाट रविन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन भएको छ ।

समितिको उपाध्यक्षमा यज्ञप्रसाद पाठक, सचिवमा अच्यूत प्रसाद पोखरेल, कोषाध्यक्षमा लेख बहादुर केसी सर्वसम्मत चयन हुनु भएको हो ।

समितिका सदस्यहरुमा यादवराज शर्मा, अमृत नेपाली थापा, तारा केसी अर्याल, अर्जुन सुवेदी र नारायणसिंह थापा चयन हुनु भएको छ ।
लेखा समितिको संयोजकमा मुक्तिराम पाण्डे तथा सदस्यहरुमा नवराज शर्मा र कृष्ण डुम्रे सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नवनिर्वाचित सञ्चालक र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेलले शुक्रवार सपथ ग्रहण गराउनु भएको थियो ।

संघको आठौ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रम फागुन १८ गते सम्पन्न भएको थियो । साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो ।

Advertisment