११ लाख घुस लिँदालिँदै प्रहरी हवल्दारसहित २ जना पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार कार्यालयका कर्मचारीलाई छुटाईदिने भन्दै ११ लाख घुस लिने महिला प्रहरी हवल्दारसहित २ जनालाई रंगेहात पक्राउ गरेको छ।

अख्तियारबाट खटिएको स्टिङ अप्रेशनको टोलीले आईतबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थल भन्सार कार्यालयको गेटबाट महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठ र उनका सहयोगी  अनिश जोशीलाई  रकम लिँदा लिँदै पक्राउ गरेको हो ।

सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार   पक्राउ परेका दुबैजनालाई अख्तियारको हिरासत कक्षमा राखेर थप अनुसन्धान थालिएको छ ।

 

 

Advertisment