टोकियो क्षेत्रमा सङ्कटकाल अन्त्य गर्न विज्ञहरूको सिफारिस

टोकियो, ५ चैत । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् ।

रोग सङ्क्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीचमा भएको छलफलका क्रममा विज्ञहरूले सङ्कटकाल हटाउनु उपयुक्त हुने निश्कर्ष सुनाएका हुन् ।

कोरोनाभाइरसको महामारीको पछिल्लो अवस्थालाई हेरेर सङ्कटकाल हटाउनु पर्ने निश्कर्षमा बिहीबार उनीहरू पुगेका हुन् ।

उनीहरूको निश्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागु हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“रोग सङ्क्रमणसम्वन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरूले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निश्कर्षमा पुगेको छ,” कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन प्रुमख मन्त्री यासुतोशी निशिमुराले भन्नुभयो ।

Advertisment