स्वास्थ्य सामाग्रीका लागि पूर्वमन्त्री भण्डारीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने

दमौली , ५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन् । पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँ मार्फत १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएका हुन् । नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले जानकारी दिए अनुसार उक्त रकम भोली नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिने छ ।

पूर्वमन्त्री भण्डारीले सहयोग प्रदान गरेको रकम मार्फत नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन कक्षमा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका छन् । पूर्वमन्त्री भण्डारीले पार्टी मार्फत सहयोग प्रदान गरेकोमा कार्यवाहक सभापति आलेले धन्यवाद ज्ञापन गरेका छन् । पूर्वमन्त्री भण्डारी सहित परिवारका सदस्य केही दिन अगाडि कोरोनाको संक्रमणबाट मुक्त भएका थिए ।

Advertisment