मुस्लिम आयोगका पूर्वसदस्य तनहुँको भानु–१३ निवासी रफिक मियाँको निधन

दमौली, २७ जेठ \ मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाँको निधन भएको छ । तनहुँको भानु–१३ निवासी मुस्लिम अगुवा मियाँको आज बिहान ५ बजे निधन भएको हो ।
मियाँ नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्थ्यो । बुधबार दिउँसो खेतमा काम गरेर आएपछि बेलुकातिर अलि असहज भएको बताउनुभएका मियाँको बिहान ५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । “राति अलि पेट पोल्यो पनि भन्दै हुनुहुन्थ्यो, अचानक मृत्यु भयो,” पारिवारिक स्रोतले भन्यो ।

Advertisment