चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड विप्रेषण मुलुक भित्रियो

काठमाडौँ, ३१ जेठ \ चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक विवरण अनुसार कोरोनाका कारण विदेश जाने कामदारमा कमी आएको भएपनि विप्रेषण आप्रवाहमा सुधार देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो ।

Advertisment