होटल जंगल सफारी लजको “पे नाउ-गो लेटर” अफर सार्वजानिक

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ चितवनको सौराहास्थित होटल जंगल सफारी लजले “पे नाउ- गो लेटर” अफर सार्वजानिक गरेको छ।

कोभिड–१९ कारण देशको पर्यटन क्षेत्र संकटमा परेकोबेला आन्तरिक पर्यनट प्रवर्द्धन गरि यो क्षेत्रलाई केहिहद सम्म उकास्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो अफर ल्याएको जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिनुभयो।

हाल पर्यटन क्षेत्र ओरालो लागेको आवस्थामा यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो योजना ल्याएका  र भविश्यमा यस्ता योजाना बनाइरहने कार्यकारी निर्देशक घिमिरेले जानरकारी दिनुभयो ।

४ हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा उपलब्ध हुने यो अफरमा ६२ प्रतिशत छुट सम्ममा होटलका कोठामा दिइएका र उक्त कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउने घिमिरेले बताउनुभयो।

उहाँका अनुसार यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभित्र प्याकेज खरिद गर्नुपर्ने हुन्छ र खरिद गरेको मितिको एक महिनापछि पर्यटक होटलमा आएर बस्न सक्ने छन् भने पर्यटकहरूले आफुले खरिद गरेको प्याकेज यो वर्षको चैत २८ सम्ममा  प्रयोग गरिसक्नुपर्ने हुन्छ।

एक हजार भन्दा माथि पर्यटक सहभागी गराउने तयारीका साथ गरिएको अफरमा ब्रेकफाष्ट उपलब्ध नहुने र गु्रप बुकिङका पनि गर्न नमिल्ने सथै पैसा तिरेका पर्यटकले १५ दिनअघि नै होटलमा कोठा बुक गर्नुपन उक्त खरिद गरिएको तीनरात एकै पटकको बुकिङमा प्रयोग गर्नु पर्ने कार्यकारी निर्देशक घिमिरेले बताउनु भयो ।

प्याकेज खरिद गर्नको लागि होटलको वेभसाइटमा (http://junglesafarilodge.com/contact-us/) रहेको सम्र्पक नं. मा सम्र्पक गरि इसेवा तथा सिधै बैकमा जम्मा गर्न सकिने साथै यो प्याकेजमा नेपालस्थित विदेशी (एक्सप्याट) पनि सहभागी हुन पाउने  घिमिरेले जानकारी दिनु भयो ।

Advertisment